समयको गतिशिलतालाई अंङ्कमाल गर्दै म आफु जन्मनुभन्दा करिब ५ वर्ष पहिल्लै वि.स.२०२२ सालमा स्थापना भै संचालनमा आएको श्री शारदा माध्यमिक विद्यालयमा शिक्षा आर्जनको सुरुवात गरी शिक्षाको न्यानो र उज्यालो किरण प्राप्त गरेको थिए, जिवनका आरोह अवरोह पार गर्दै आजको अवस्थामा आईपुग्दा सबै अभिभावक शुभेच्छुक र अग्रज महानुभावहरुको साथ सहयोग विद्यालय व्यवस्थापन समितिको अध्यक्षताको जस्तो महत्वपूर्ण पदमा रहि काम गर्ने सूुवर्ण अबसर प्राप्त भएको छ यस अवसरले विद्यालयको भलाई लगाएको ऋणको केहि अंश भएपनि तिर्ने मौका दिएको ठान्दै लगाएको आफ्नो ज्ञान विवेक र बुद्धिले म्याद भ्याए सम्म कुनै पूर्वाग्रह र स्वार्थ त्यागी पूर्ण निष्ठानवान भै काम गर्न तल्लीन रहने छु । यस विद्यालयलाई फुलाउन फलाउन थुप्रै निष्ठावान अग्रज संस्थापक, संचालक, शिक्षक, विद्यार्थी एवम् थुप्रै शुभ चिन्तक महानुभावहरुकबाट देखाएको अथक प्रयास र श्रदाभाव नै आजको वर्तमान हो । यस विद्यालयको श्री वृद्धिको लागि निस्वार्थ भावले एकत्व भै निरन्तर लागि रहन पर्ने अवस्था सधै रहिरहन्छ । सबैको साथ र पौरखी हात सदा चाहिन्छ । युग सुहाउदो शिक्षाको विकास गर्दै समाज परिवर्तनको वाहकको रुपमा सदा सजिव तुल्याइरहन नर्सरी र एल.के.जी. कक्षा। कम्प्युटर ल्याव, पुस्तकालय, विज्ञान प्रयोगशालाको सुव्यवस्थापन सँगै इन्टरनेटको शिक्षामा प्रयोग बढ्दै गएको छ । हामीले चालेका कदमहरु उत्कृष्ट र अनुकरणीय बन्दै गएको छन् । तर अझै हाम्रा सामु थुप्रै कामहरु र चुनौतिहरु छन् । यसको लगि हाल म पदमा रहदा गर्नै पर्ने हरेक जिम्मेवारी र उत्तरदायित्वको लागि हर क्षण तत्पर रहने वाचा गर्दछु । हरेक विद्यार्थीहरुको सुनौलो भविष्यको लागि यस विद्यालय सदा मार्गदर्शक बन्न सकोस । कार्यक्षेत्रमा निरन्तर खटिरहनु हुने शिक्षक कर्मचारीहरुमा अदम्य जाँगर शाहस पलाउदै जाओस् । संपूर्ण दानदाता प्रति उच्च सम्मान गर्दै आउदा दिनहरुमा अमूल्य सुझाव र थप सहयोगको लागि अनुरोध गर्दछु । हाम्रो विद्यालयले आफ्नै वेभसाइट मार्फत विश्व सुचना सञ्जालमा गै सकेको यस अवसरमा वेभसाइट निर्माण गरिदिनुहुने जिल्ला शिक्षा विकास समन्वय कार्यालय गुल्मी प्रति हार्दीक आभार प्रकट गर्दै वेभसाइटलाई चलायमान र सजिव बनाउन निरन्तर अद्यापधिक ( अपडेट ) गर्दै विद्यालयको सम्पूर्ण गतिविधिको यर्थाथ प्रतिविम्वको रुपमा सावित गर्नुहुन ICT सम्बन्धी गुरुहरु लाग्नु हुन तथा सम्बन्धीत सबैले आवश्यक सुझावको लागि हार्दिक अनुराध गर्दछु । ( जय सरस्वती, जय शारदा, जय गुरुदेव )